चितवन विशेष

चितवन,नवलपुर र धादिङमा एकसाथ लागुऔषध विरुद्धको ४० दिने अभियान

Banner

चितवन,जेठ २३-

चितवन,नवलपुर र धादिङ जिल्लामा एकसाथ लागुऔषध विरुद्धको ४० दिने अभियान संचालन गरिने भएको छ । सेन्ट्रल कलेजसंगको सहकार्यमा रुपान्तरण र युवा प्रालिले अभियान संचालन गर्न लागेको हो । अभियान मार्फत तीन जिल्लाका ४० विद्यालयमा अध्ययनरत ५ हजार विद्यार्थी लाभाम्वित हुनेछन् ।

आज (आइतबार) नारायणगढमा पत्रकार सम्मेलनको आयोजना गरी अभियान यसै साताबाट सुरु हुने जानकारी दिइएको हो । सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञ विलाश पौडेल ‘वाइबी’ले कलेजले सामाजिक उत्तरदायी अन्तर्गत लागुऔषद विरुद्धको अभियानमा सहकार्य गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो’,विगतका बर्षमा पनि रुपान्तरण र युवा प्रालि संगको सहकार्यमा विभिन्न पाँच जिल्लामा उत्प्रेरणात्मक कार्यक्रमहरु संचालन गरेका थियौ,त्यसको सफलताले नै यसपटक पनि जनचेतनामूलक कार्यक्रम गर्न लागेका छौं ।’ उहाँले यसअघि ८० भन्दा बढि प्लस टु र केलजमा कार्यक्रमहरु संचालन गरिएको जानकारी दिनुभयो । विद्यालय तहबाटै लागुपदार्थ दुव्र्यसनी न्यूनिकरण गर्नुपर्ने भन्दै उहाँले अभियान सामाज रुपान्तरणका लागि प्रभावकारी हुने बताउनुभयो । ‘हामीले विद्यालय विद्यार्थीसंगै समाजको उज्वल भविष्यको परिकल्पना गरेका छौं,त्यसका लागि गाँउगाँउमा यो कार्यक्रम लैजान्छौं,उहाँले भन्नुभयो ।’ जापान,अस्ट्रेलिया लगायतका देशमा अध्ययनका लागि विद्यार्थी पठाउँदै आएको सेन्ट्रल कलेजले सामाजिक कामलाई पनि निरन्तरता दिने पौडेलले बताउनुभयो ।

रुपान्तरण र युवा प्रालिका अध्यक्ष इश्वर गैरेले राज्य र विश्वका निम्ति चुनौतीपूर्ण रहेको लागुपदार्थ दुव्र्यसनी न्यूनिकरणका लागि हरेक क्षेत्रमा अभियान संचालन गर्नुपर्ने बताउनुभयो । विद्यालय उमेरका वालवालिका बिशेष गरेर यसको दलदलमा फसेका कारण आफुहरुले अभियान संचालन गर्न लागेको जानकारी दिनुभयो । अरुको देखासिकी, साथिसंगत, सानै उमेर देखिको तनाव र शारिरिक परिवर्तनले बालबालिका र युवाहरु दुव्र्यसनीमा फस्ने गरेको उहाँले बताउनुभयो । ‘हरेक विद्यालयमा यो अभियान दुई घण्टा संचालन गर्छौ,दुव्र्यसनीले आफु र परिवारलाई पार्ने प्रभावका विषयमा विभिन्न कथाहरु प्रस्तुत गर्नेछौं,उहाँले भन्नुभयो ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>