चितवन विशेष

नेविसंघ सप्तगण्डकी इकाइद्धारा कलेज परिसरमा वृक्षरोपण

Banner

चितवन, जेठ २२–

नेपाल विद्यार्थी संघ (नेविसंघ) सप्तगण्डकी बहुमुखी क्याम्पस इकाई समितिले आइतबार विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण एवं सरसफाई कार्यक्रम गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि विद्यार्थी नेता एवं नेविसंघ सप्तगण्डकीका निवर्तमान सभापति राजेश भुषालले वृक्षरोपण गरेर कार्यक्रमको सुरुवात गरेका थिए । इकाई सभापति साजन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न किसिमका वृक्षरोपण गरेका थिए । इकाई सभापति गुरुङले नेविसंघ केन्द्रको निर्देशन अनुसार नै वातावरण दिवस वृक्षरोपण गरेर मनाईएको बताए ।

उनले वृक्षरोपणले कलेजको वातावरण राम्रो बन्नुको साथै मानव स्वास्थ्यका लागि फाइदाजनक रहेको भन्दै रोपिएका बिरुवा राम्रोसंग हुर्काउन सबै विद्यार्थीहरुको उत्तिकै भूमिका रहेको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>