चितवन विशेष
रत्ननगरमा रोटरीले दियो भान्सा घर औषधालय सम्बन्धी प्रशिक्षण

चितवन, जेठ २२–
विश्व वातारण दिवसको अबसरमा आज (आइतबार) महिलाहरुको स्वास्थ्य रक्षाका लागि ‘भान्सा घर औषधालय’ सम्बन्धी प्रशिक्षण दिइएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसको सहयोगमा रोटरी क्लव अफ रत्ननगरले विश्व वातवरण दिवसको अवसरमा वातावरण संरक्षण सम्बन्धी भान्साघर औषधालय कार्यक्रम गरेको हो ।
न्यू क्यापिटल कलेज परिसरमा आयोजित कार्यक्रममा वागमती प्रदेशका वन तथा वातावरण मन्त्री विशाल खड्काले मानवीय स्वभावका कारण वातावरण खस्कदो अबस्थामा रहेको बताए । ‘वातावरण जोगाउनु पर्छ भन्ने सबैलाई थाहा छ’ मन्त्री खड्काले भने ‘संवेदनशिल विषय हुँदाहुँदै पनि बेवास्ता गरिएको छ ।’

कार्यक्रममा आमा समूहमा आबद्ध करिब ४५० जना महिलाहरुलाई जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख डा.कोपिला अधिकारीले भान्सामा अपनाउनु पर्ने सुरक्षा सर्तकता र भान्सबाट महिलाको स्वास्थ्यमा परेको असर तथा जिल्ला वन कार्यालयका प्रमुख लोकराज नेपालले वातावरण संरक्षणका लागि भएका प्रयासका बारेमा प्रशिक्षण दिएका थिए ।

रोटरी क्लव अफ रत्ननगरका अध्यक्ष निराजन खनालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ३ का वडाध्यक्ष सोहेन्द्रराज खरेल, रोटरी क्लव डिष्ट्रिक ३२९२ का असिष्टेन गर्भनर नारायण प्रधान, रोटरीका पूर्व अध्यक्ष सुरेन्द्रनाथ रेग्मी, कार्यक्रम संयोजक रामहरि लम्साल, स्पाउस क्लव अफ आरसी रत्ननगरकी अध्यक्ष विमला सुवेदी खनाललगायतले मन्तव्य राखेका थिए । रोटरीका सचिव दीपेन्द्र शर्माले कार्यक्रम सञ्चालन गरेका थिए ।
























