चितवन विशेष
नेविसंघ चितवनले भरतपुरमा गर्यो बृक्षारोपण

चितवन,जेठ २२-
नेपाल विद्यार्थी संघ चितवनको आयोजनामा आज (आइतबार) भरतपुरमा बृक्षारोपण गरिएको छ । विश्व वातावरण दिवसको अवसर पारेर नेविसंघले भरतपुरको बाइपास रोडमा बृक्षारोपण गरेको हो ।
सो अवसरमा भरतपुरको खानेपानी बोर्डको कार्यालयदेखि नहरचोक सम्म ४० वटा विभिन्न जातका विरुवा रोपिएको थियो । यसअघि स्कूल कलेजमा विभिन्न कार्यक्रम गर्दै आएको नेविसंघले बढ्दो शहरीकरण ध्यानमा राखेर वातावरण सन्तुलनका लागि सडकको डिभाइडरमा बृक्षारोपण गरिएको नेविसंघ चितवनका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो । उहाँले नेविसंघले विद्यार्थीको हकहितसंगै रचनात्मक कार्यक्रमलाई पनि निरन्तरता दिने बताउनुभयो ।

कार्यक्रमको प्रमुख अतिथि रहनुभएका काँग्रेस चितवनका सचिव ध्रब पोखरेलले वातावरण दिवसको अवसर पारेर बृक्षारोपण गरेको भन्दै नेविसंघलाई धन्यवाद दिनुभयो । उहाँले आगामी दिनमा पनि यस्तै रचनात्मक र सामाजिक कामहरु गर्न सुझाव दिनुभयो । सो अवसरमा काँग्रेस क्षेत्र नम्वर २ का सभापति भरतप्रसाद लामिछाने,काँग्रेस महाधिवेशन प्रतिनिधि निरु कार्की,काँग्रेस चितवनका निवर्तमान सहसचिव राजन कार्की,निवर्तमान सदस्य मित्रनिधि तिवारी,बालकुमारी क्याम्पसका क्याम्पस प्रमुख जगदिश्वर खनाल,उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।



























