Breaking News

बस दुर्घटना अपडेटः घाइते २४ मध्ये १५ को अवस्था गम्भीर

Banner

भैरहवा,जेठ २२-

भैरहवा नजिकै रोहिणी खोला बस दुर्घटनामा घाइते २४ जना मध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ। जनकपुरबाट भैरहवा तर्फ आउँदै गरेको यात्रुबाहक रात्रीकालिन बस हुलाकी राजमार्गमा आज बिहान करिब पौने ५ बजे दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा एक महिला र ८ जना पुरुष रहेका रुपन्देहीका एसपी रविन्द्र रेग्मीले जानकारी दिए। उनका अनुसार मृतकहरुको सनाखत हुन बाँकी रहेको छ।​

दुर्घटनामा परि घाइते मध्ये १५ जनाको अवस्था गम्भीर रहेको र ९ जनाको मध्यम रहेको छ। घाइतेमध्ये ९ जना भैरहवास्थित भीम अस्पताल र १५ जनाको युनिभर्सल शिक्षण अस्पताल उपचार भइरहेको छ। शिक्षण अस्पतालमा रहेका १२ जना र भीम अस्पतालमा उपचारत ३ जनाको अवस्था निकै गम्भीर छ । बसमा चालक सहित ३३ जना सवार रहेका थिए। आज बिहान पौने ५ बजे लु २ ख ३८४१ नम्बरको रात्रीकालीन बस भैरहवा परासी हुलाकी राजमार्गस्थित रोहिणी खोलाको पुलबाट खोलामा खसेको थियो।

दुर्घटनामा परेको बसलाई जेसीभिको सहायतामा पल्टाएर यात्रुहरूको उद्धार गरिएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>