गोरखा

गोरखामा कांग्रेसले बुद्धि बिगार्‍यो, माओवादीले ढाँट्योः बाबुराम भट्टराई

Banner

गोरखा,जेठ २१-

जसपाका संघिय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले स्थानीय तह निर्वाचन २०७९ मा गृह जिल्ला गोरखामा अपेक्षा अनुसार नतिजा आउन नसकेको बताएका छन्। चुनावी समिक्षा कार्यक्रममा सहभागी हुन शनिबार गोरखा आएका उनले केही संगठनात्मक कमजोरी र गठबन्धन भित्र इमान्दारिता नहुँदा चुनावमा पराजित हुनुपरेको बताए। ‘पार्टी भित्रको अस्वस्थ संघर्षका कारण पालुङटारमा जित्न सकेनौँ’ उनले भने ‘गठबन्धन भित्र पनि इमान्दारिता भएन, एक पटक भएको निर्णय कार्यन्वयन गरेर जानुपथ्र्यो, कांग्रेसले त्यो गरेन।’

माओवादी र कांग्रेस दुवैले जसपासँगको गठबन्धनमा इमान्दारिता नदेखाएको उनले बताए। ‘५,४,२ पालिका बाँड्ने विषयमा कांग्रेसले बुद्धि बिगार्‍यो, अन्य पालिकामा माओवादी केन्द्रसँग गठबन्धन गर्ने भनियो, उनीहरुले त ढाँटछल मात्र गरे’ भट्टराईले भने। जसपाको मतले माओवादी केन्द्रले जितेको तर जसपालाई सघाउने भनिएको ठाउँमा कहीँ पनि मत नदिएको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>