Breaking News
तयारी नपुगेको भन्दै माओवादी केन्द्रको पूर्वस्थायी कमिटी सदस्यहरूको बैठक स्थगित
०

काठमाडौं, जेठ २१-
नेकपा (माओवादी केन्द्र)का पूर्वस्थायी कमिटी सदस्यहरूको बोलाइएको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको छ । बैठक आज दिउँसो ३ बजे बोलाइएको थियो । पूर्वस्थायी कमिटी सदस्य गणेश साहले तयारी नपुगेका कारण बैठक स्थगित गरिएको र भोलि बिहान ८ बजे बस्ने भएको जानकारी दिए । उनका अनुसार केही नेता बैठकमा सहभागी हुन आइनपुग्ने स्थिति पनि बैठक सार्नुको अर्को कारण हो । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।
नेता साहले स्थानीय तह निर्वाचनको समीक्षा र जनप्रतिनिधिहरूले दिएका सुझावबारे छलफल गर्न बैठक बोलाइएको बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























