देश/प्रदेश

नासोँको निर्णय: अतिविपन्न र दलितको निः शुल्क स्वास्थ्य बीमा

Banner

मनाङ, जेठ २१-

नासोँ गाउँपालिकाले अतिविपन्न र दलितको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले अतिविपन्न र दलितलाई सहजरुपमा स्वास्थ्यको पहुँचमा पु¥याउने उद्देश्यले यस्तो निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले सबै समुदायका अतिविपन्न नागरिक र दलित समुदायका विपन्न व्यक्तिको उपचार सहज बनाउन निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो ।

त्यस्तै पालिका क्षेत्रको सडक तत्काल मर्मत गर्ने निर्णय भएको छ । बैठकले वडालाई बालमैत्री वडा बनाउने गरी स्थानीय शासनसम्बन्धी कार्य अघि बढाउने, निरपेक्ष गरिबीको रेखामुनि रहेका घरपरिवारको विवरण तयार गर्ने, कार्यालयको सेवालाई पारदर्शी र प्रविधिमैत्री बनाउन बैठकको निर्णय तत्कालै वडा कार्यालयमा पठाउने र वेबसाइटमा राख्ने निर्णय गरेको छ भने विभिन्न विषयगत समितिसमेत गठन गर्ने निर्णय भएको छ ।

कार्यपालिकाको बैठकमा उपाध्यक्ष वेदबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र कार्यपालिकाका सदस्यको उपस्थिति रहेको थियो । बैठकले नासोँ गाउँपालिकाकाले बजेट, नीति, योजना तथा कार्यक्रम छनोटको लागि प्राथमिकतासाथ अगाडि बढ्ने तयारी गरेको छ । नीति, योजना तथा कार्यक्रम स्वीकृत आजसम्म गर्ने निर्णय गरेको अध्यक्ष धनबहादुर गुरुङले बताउनुभयो ।

नासोँ गाउँपालिका–१ तालगाउँस्थित मस्र्याङ्दी नदीको बाढीबाट पुगेको क्षतिलाई मध्यनजर गर्दै तटबन्ध बनाउने कामलाई प्राथमिकतामा राखिएको र निर्माणको काम भइरहेको उहाँले बताउनुभयो । जोखिम बस्तीको व्यवस्थापनका लागि गाउँपालिका सचेत रहेको उहाँले बताउनुभयो । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>