Breaking News

सार्वजनिक सवारीको भाडा २ प्रतिशतले घट्यो

Banner

काठमाडौं, जेठ २०-

यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । पेट्रोलियम पदार्थको मूल्य लिटरमा १० रूपैयाँका दरले घटेसँगै विभागले पनि यातायातको भाडा घटाएको हो । नेपाल आयल निगमले बिहीबार मात्रै पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएको थियो ।

यात्रुबाहक सवारीमा २ प्रतिशतले मूल्य घटेको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालबाह सवारीको भाडा २।६ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २।९ प्रतिशतले घटेको हो ।

सरकारले सार्वजनिक सवारीको भाडादर स्वचालित आधारमा व्यवस्था गर्दै आएको छ । इन्धनको मूल्य ५ प्रतिशतले बढेमा वा घटेमा विभागले सवारीको भाडादर समायोजना गर्दै आएको छ ।

BL.final.2079.02.20-aNaTaRa-PaRaThaSha-BhaDaThaRa

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>