चितवन विशेष

रत्ननगरका मेयर सापकोटासहित जनप्रतिनिधिलाई थारू साँस्कृति संग्रहालयको सम्मान

Banner

चितवन, जेठ १८–

थारू सास्कृति संग्रहालय तथा अनुसन्धान केन्द्र बछौलीले रत्ननगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिधिहरुलाई बुधबार एक कार्यक्रमकाबीच स्वागत तथा सम्मान गरेको छ ।

केन्द्रले नवनिर्वाचित मेयर प्रलाद सापकोटा, उपमेयर यादव प्रसाद पाठक, वडा नं.५ का वडा अध्यक्ष बालकृष्ण चापागाई, ६ का वडा अध्यक्ष किरण चौधरी, ७ का वडा अध्यक्ष सजना महतो लगायत वडा सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर सापकोटाले स्थानीय कला सँस्कृति संरक्षणको दायित्व नगरपालिकाको भएकाले आफू त्यसका लागि हरदम तयार रहेको बताए । उनले संग्रहालयलाई व्यवस्थित गर्नका लागि आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता जनाए । मेयर सापकोटाले संग्रहालयको अवलोकन समेत गरेका थिए ।

कार्यक्रममा संग्रहालयका सल्लाहकार सत्यनारायण चौधरी, वडा नं.५ का वडा अध्यक्ष वडा नं.५ का वडा अध्यक्ष बालकृष्ण चापागाई, ६ का वडा अध्यक्ष किरण चौधरी, ७ का वडा अध्यक्ष सजना महतो, नगर कार्यपालिका सदस्य बबिता चौधरी, वडा नं.७ का वडा सदस्य सूर्य बहादुर तमाङ, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. बाबुराम लामिछानेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम थारू सास्कृति संग्रहालय तथा अनुसन्धान केन्द्र बछौलीका अध्यक्ष खिलेन्द्र राज चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>