चितवन विशेष

रत्ननगरका मेयर सापकोटासहित जनप्रतिनिधिलाई थारू साँस्कृति संग्रहालयको सम्मान

०
Banner

चितवन, जेठ १८–

थारू सास्कृति संग्रहालय तथा अनुसन्धान केन्द्र बछौलीले रत्ननगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिधिहरुलाई बुधबार एक कार्यक्रमकाबीच स्वागत तथा सम्मान गरेको छ ।

केन्द्रले नवनिर्वाचित मेयर प्रलाद सापकोटा, उपमेयर यादव प्रसाद पाठक, वडा नं.५ का वडा अध्यक्ष बालकृष्ण चापागाई, ६ का वडा अध्यक्ष किरण चौधरी, ७ का वडा अध्यक्ष सजना महतो लगायत वडा सदस्यहरुलाई स्वागत तथा सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर सापकोटाले स्थानीय कला सँस्कृति संरक्षणको दायित्व नगरपालिकाको भएकाले आफू त्यसका लागि हरदम तयार रहेको बताए । उनले संग्रहालयलाई व्यवस्थित गर्नका लागि आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता जनाए । मेयर सापकोटाले संग्रहालयको अवलोकन समेत गरेका थिए ।

कार्यक्रममा संग्रहालयका सल्लाहकार सत्यनारायण चौधरी, वडा नं.५ का वडा अध्यक्ष वडा नं.५ का वडा अध्यक्ष बालकृष्ण चापागाई, ६ का वडा अध्यक्ष किरण चौधरी, ७ का वडा अध्यक्ष सजना महतो, नगर कार्यपालिका सदस्य बबिता चौधरी, वडा नं.७ का वडा सदस्य सूर्य बहादुर तमाङ, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख डा. बाबुराम लामिछानेलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम थारू सास्कृति संग्रहालय तथा अनुसन्धान केन्द्र बछौलीका अध्यक्ष खिलेन्द्र राज चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>