Breaking News

चितवनको खैरहनीमा कारको ठक्करबाट २१ वर्षीय युवाको मृत्यु

Banner

चितवन, जेठ १८–

पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वीचितवनको खैरहनी–९ सिमलटाँडीमा आज (बुधबार) साँझ भारतीय कारको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

साँझ ८ः१० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको JH01DX77 39 नम्बरको भारतीय नम्बर प्लेटको कारले विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश०३–००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कालिका नगरपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–८ बस्ने वर्ष २१ का विश्वास गुरुङ गंम्भिर घाईते भएका थिए ।

उनलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा ल्याईएकोमा राति ९ः१६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।

घटनापश्चात स्थानीयले करिव एक घण्टा राजमार्ग अवरुद्ध पार्दै ठक्कर दिने कारमा तोडफोड गरेका छन् । कार चालक भारतको विहार प्रदेश पश्चिमचम्पारण जगदीशपुर–४ वस्ने वर्ष ३५ का आलोक कुमारलाई इलाका प्रहरी कार्यालय खैरहनीको नियन्त्रणमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>