Breaking News

तपाईंले चमत्कार नै गर्नुभयो भन्दै प्रधानमन्त्रीले दिए बालेनलाई बधाई

Banner

काठमाडौं,जेठ १८-

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहसँग भेटघाट गरेका छन्। बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले प्रधानमन्त्री देउवालाई भेटघाट गरेका हुन्। प्रधानमन्त्री देउवाले मेयरमा निर्वाचित भएकोमा शाहलाई बधाई समेत दिएका थिए।

‘तपाईंले चमत्कार गर्नुभयो। म खुसी छु। पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै मेयर बालेनका सहयोगी कुमार व्यञ्जनकारले भने,‘ काम पर्दा मलाई २४ घन्टा नै सम्झन सक्नुहुनेछ। कार्यपालिकामा नि कांग्रेसको बहुमत छ। विकासको काममा सहयोग हुनेछ। फोहोर व्यवस्थापनको लागि जे-जे उपाय छ लगाउनुहोला। केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुनेछ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>