चितवन विशेष

‘क्लिन चितवन, ग्रीन चितवन, बेटर चितवन’को दोश्रो चरणको अभियान सुरु

०
Banner

चितवन, जेठ १७–

चितवनमा सामाजिक क्षेत्रमा सक्रिय युवाहरुको पहलमा ‘क्लिन चितवन, ग्रिन चितवन, बेटर चितवन’को दोश्रो चरणको अभियान सुरु भएको छ । दुई वर्ष अगाडी ६० दिने अभियान नै चलाएर टोल, गाँउ नगर हुँदै जिल्ला नै सरसफाई युक्त क्लिन चितवन बनाउने अभियान सुरु भएको थियो ।
चितवनमा फेरि सामाजिक अभियन्ता सरोजध्वज भण्डारीकै संयोजकत्वमा सरसफाई अभियान सुरु भएको हो । पूर्वी चितवनको रत्ननगर टाँडीचोकबाट सरसफाई गर्दै फेरि ७ दिने अभियानको सुरु गरिएको छ । समाजमा रहेका विकृती विसंगति न्युनिकरणदेखी सरसफाईको काम अभियानका क्रममा हुने अभियानका अगुवा युवा समाजसेवी भण्डारीले जानकारी दिए । टोल विकास संस्था र स्थानीय अगुवाहरुको सहयोगमा प्रत्येक दिन सरसफाईको काम भईरहेको अभियन्ता भण्डारीले बताए ।

यस अभियानमा सार्वजनिक स्थलका फोहोर संकलन गरेर सचेतना समेत फैलाईने उनको भनाई छ । सरसफाईसँगै वृक्षारोपणको काम पनि गरिने उनले बताए। अभियानका क्रममा यसअघि १० हजार विरुवा वृक्षारोपण गरिएको थियो । समाजमा व्याप्त विकृती, विसंगती, भ्रष्टचार, नियन्त्रण, वालविवाह नियन्त्रणका लागि पनि सचेतना मुलक कार्यक्रम पनि गरिने उनी बताउछन्। उनका अनुसार अब हरेक महिनाको दुई दिन विभिन्न ठाँउमा सरसफाई र सामाजिक कार्य गर्दै अभियान जारी रहनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>