चितवन विशेष

‘क्लिन चितवन, ग्रीन चितवन, बेटर चितवन’को दोश्रो चरणको अभियान सुरु

Banner

चितवन, जेठ १७–

चितवनमा सामाजिक क्षेत्रमा सक्रिय युवाहरुको पहलमा ‘क्लिन चितवन, ग्रिन चितवन, बेटर चितवन’को दोश्रो चरणको अभियान सुरु भएको छ । दुई वर्ष अगाडी ६० दिने अभियान नै चलाएर टोल, गाँउ नगर हुँदै जिल्ला नै सरसफाई युक्त क्लिन चितवन बनाउने अभियान सुरु भएको थियो ।
चितवनमा फेरि सामाजिक अभियन्ता सरोजध्वज भण्डारीकै संयोजकत्वमा सरसफाई अभियान सुरु भएको हो । पूर्वी चितवनको रत्ननगर टाँडीचोकबाट सरसफाई गर्दै फेरि ७ दिने अभियानको सुरु गरिएको छ । समाजमा रहेका विकृती विसंगति न्युनिकरणदेखी सरसफाईको काम अभियानका क्रममा हुने अभियानका अगुवा युवा समाजसेवी भण्डारीले जानकारी दिए । टोल विकास संस्था र स्थानीय अगुवाहरुको सहयोगमा प्रत्येक दिन सरसफाईको काम भईरहेको अभियन्ता भण्डारीले बताए ।

यस अभियानमा सार्वजनिक स्थलका फोहोर संकलन गरेर सचेतना समेत फैलाईने उनको भनाई छ । सरसफाईसँगै वृक्षारोपणको काम पनि गरिने उनले बताए। अभियानका क्रममा यसअघि १० हजार विरुवा वृक्षारोपण गरिएको थियो । समाजमा व्याप्त विकृती, विसंगती, भ्रष्टचार, नियन्त्रण, वालविवाह नियन्त्रणका लागि पनि सचेतना मुलक कार्यक्रम पनि गरिने उनी बताउछन्। उनका अनुसार अब हरेक महिनाको दुई दिन विभिन्न ठाँउमा सरसफाई र सामाजिक कार्य गर्दै अभियान जारी रहनेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>