चितवन विशेष

भरतपुर-११ को नवजागृती वनमा च्याउ खोज्न गएका पुरुषको जनावरको आक्रमणबाट मृत्यु

Banner

चितवन,जेठ १७-

चितवनको भरतपुर महानगरपालिका ११ स्थित नवजागृती सामुदायीक वनमा निउरो र च्याउ खोज्न गएका एक पुरुषलाई जङगली जनावरले आक्रमण गरेको छ । जनावरको आक्रमणबाट भरतपुर ११ जखडिमाई स्थित कैलाशटोल बस्ने ५१ बर्षिय चाथर कुमालको मृत्यु भएको हो । विहान ११ः३० बजे घरबाट निस्किएका उनलाई अपरान्ह ५ः३० बजे स्थानियले मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनलाई जङगली जनावरले आक्रमण गरेको भएपनि कुन जनावरले आक्रमण ग¥यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>