Breaking News

नारायणगढ–मुग्लिन सडक खण्डमा बस र ट्रक ठोक्कियो, तीन यात्रु घाइते

Banner

चितवन, जेठ १७–

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत इच्छाकामना गाउँपालिका–६ कालीखोलामा आज विहान ८ः१५ बजे यात्रुबाहक बस र ट्रक ठोक्किदा तीन जना घाइते भएका छन् ।

मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको ना६ख ७०३ नम्बरको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको ना४ख १४१९ नम्बरको बस एक आपसमा ठक्कर खादाँ बसमा सवार ३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये दुई जनाको स्थानीय मेडिकल र एक जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

घाइते हुनेहरुमा बसमा सवार ईच्छाकामना गाउँपालिका–६ कुयलघारी बस्ने बर्ष ६९ का जित बहादुर वि.क., भरतपुर–२९ बस्ने बर्ष ४५ की लालमाया गुरुङ र गोरखाको गोरखा नगरपालिका–८ बस्ने बर्ष ५२ की चमेली उपरकोटी रहेका छन् । प्रहरीका अनुसार अहिले बाटोमा कुनै अवरोध छैन भने दुवै सवारी साधन र चालक मुग्लिन प्रहरीको नियन्त्रणमा रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>