Breaking News

चितवनमा श्रीमानले यौनाङ्गमा लौरो घुसाएर घाइते भएकी महिलाको चारदिन पछि मृत्यु

Banner

चितवन, जेठ १७–

चितवनमा श्रीमान्को क्रुर यातनाबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

खैरहनी–१० की गीता माझीको भरतपुर अस्पतालमा उपचारको क्रममा सोमबार राति ११ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए । उनको शव भरतपुर अस्पताल शवगृहमा राखिएको छ । यही जेठ १२ गते साँझ ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले कोठामा बन्धक बनाई मलद्वारबाट लौरो घुसाएर सख्त घाइते बनाएका थिए ।

चिकित्सकका अनुसार गीताको यौनाङ्गको चार तह च्यातिएको थियो । उनमा दिसा पिसाब नरोकिने फिस्टुला, आन्द्रामा समस्या लगायतका स्वास्थ्य जटिलता उत्पन्न भएको थियो । घटनालगत्तै प्रहरीले उनका श्रीमान् रामचन्द्रलाई पक्राउ गरि सकेको छ ।

मृतक महिलाको तर्फबाट कसैले पनि श्रीमान्विरुद्ध जाहेरी नदिएपछि प्रहरीले आफैले प्रतिवेदनको आधारमा ज्यान मार्ने उद्योग र जवरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>