चितवन विशेष

आफ्नै श्रीमानले कुटपिट गरेर मलद्वार र यौनाङ्ग बीचको भाग च्यातिदिएपछि मृत्यु,काजकिरिया गर्ने खर्च छैन

Banner

चितवन,जेठ १७-

श्रीमानले मलद्वारबाट लौरो घुसाएर गम्भीर घाइते भएकी गीता माझीको मृत्यु भएको छ । उपचारको क्रममा भरतपुर अस्पतालमा रहेकी माझीको सोमबार राती ११ बजे ज्यान गएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले जानकारी जानकारी दिनुभयो । श्रीमानले मलद्वारबाट लौरो घुसाएको कारण उहाँको मलद्वार र यौनाङ्ग बीचको भाग च्यातिएको थियो । गत बिहीबार घाइते हुनुभएकी उहाँको भरतपुर अस्पतालमा हिजो सोमबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया पछि उहाँ एकपटक शौचालय पनि जानुभएको थियो ।

तर, राती ११ बजे एक्कासि मुटुको धड्कन बन्द भएर उहाँको मृत्यु भएको उपचारमा संलग्न डाक्टरलाई उदृत गर्दै अस्पतालका सूचना अधिकारी पौडेलले जानकारी दिनुभयो । चितवनको खैरहनी नगरपालिका वडा नम्बर १० कठार निवासी ३८ वर्षीया माझीलाई उहाँका श्रीमान रामचन्द्र माझीले पटक पटक कुटपिट गर्दै आएका स्थानीयले जानकारी दिएका छन् ।

गीता ज्याला मजदुरीको काम गरेपनि बिहानैदेखि रक्सी पिउँदै बस्ने रामचन्द्र केही काम गर्दैन थिए । गीताले कमाएर ल्याएको पैसाबाट आफूलाई रक्सी खाने पैसा नदिए कुटपिट गर्ने सोही वडाका वडा सदस्य ज्ञान्ती पासवानले जानकारी दिनुभयो ।

सुकुम्बासी माझीको उपचार खर्च भरतपुर अस्पतालको अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन इकाई (ओसीएमसी) बाट निशुल्क उपचार हुँदै आएको थियो । तर, गीताको मृत्युपछि काजकिरिया गर्ने खर्च समेत नभएको उनका आफन्त तथा स्थानीयले बताएका छन् ।

गीताको ३ छोरी छन् । एक छोरीको विवाह भइसकेको छ भने दुई जना नाबालक छन् । गीताका श्रीमान प्रहरी हिरासतमा छन् । सोमबारसम्म उनका विरुद्ध किटानी जाहेरी परेको छैन । जाहेरी गर्ने मानिस नभएर प्रहरीले आफ्नै प्रतिवेदनमा आधारित भएर मुद्दा चलाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>