चितवन विशेष

क्रूर यातना भोगेकी महिलालाई राप्ती पत्रकार मञ्चको सहयोग

Banner

चितवन, जेठ १७–

श्रीमानको क्रूर यातनाबाट सख्त घाइते भएकी पूर्वीचितवन खैरहनी–१०की गीता माझीलाई सहयोग रकम प्रदान गरिएको छ। राप्ती नगरपालिकामा कार्यरत पत्रकारहरुको संगठन राप्ती पत्रकार मञ्चले उनलाई सहयोग गरेको हो । मञ्चले सहयोग रकम स्वरुप रु १०९५० रुपियाँ हस्तान्तरण गरेको हो ।

मञ्चले उनको उपचार कक्षमा नै गई सहयोग रकम हस्तान्तरण गरेको हो । मञ्चका अध्यक्ष राजन दिल गुरुङसहित सचिव सुरज बराकोटी र कोषाध्यक्ष सुजा गौतमले ओसीएमसी फोकल पर्सन हिरा सुवेदीको उपस्थितिमा उनलाई सहयोग रकम हस्तान्तरण गरेका थिए ।
उनको स्वास्थ अवस्था सुधारोन्मुक रहेको ओसीएमसी फोकल पर्सन हिरा सुवेदीले बताइन् ।

खैरहनी नगरपालिका–१० मुसहरवस्तीका रामचन्द्र माझीले बिहीबार साझ श्रीमती गिता माझिलाई कोठामा बन्दक बनाई मलद्वारबाट लौरो घुसाएर सख्त घाइते गराएका थिए । लोग्नेले मलद्वारबाट लौरो घुसाउँदा गीताको यौनाङ्ग र मलद्वारबीचको खाली भाग च्यातिएको छ। उनको उपचारमा संलग्न डाक्टर दीपेन्द्र न्यौपानेका अनुसार गीताको यौनाङ्गको चार तह च्यातिएको छ। उपचारपछि पनि गीतालाई दिसा पिसाब नरोकिने फिस्टुला, आन्द्रामा समस्या लगायतका स्वास्थ्य जटिलता रहन सक्ने डाक्टर दीपेन्द्रले बताए ।

हिंसाबाट प्रभावित महिला सेवाको लागि अस्पतालमा आधारित एकद्वार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी) ले गीताको निःशुल्क उपचार गरिरहेको छ ।अस्पताल बाट पाईने औसधि त्यहि उपलब्ध हुने र महँगो र अन्यबाट ल्याउन पर्ने औषधि पनि निःशुल्कनै हुने भरतपुर अस्पतालका ओसीएमसी फोकल पर्सन हिरा सुवेदीले जानकारी गराइन् ।

कोहि पनि कमाउने व्यक्ति नभएको उनको परिवारमा एउटा छोरी बिहे भएको र दुइ छोरी साना भएकोले यो पैसा बाट पौष्टिक आहारा खानको निमित्त प्रदान गरिएको राप्ती पत्रकार मंचका अध्यक्ष गुरुङ्गले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>