चितवन विशेष

बालबालिकालाई इनरह्वीलको स्टेशनरी सहयोग

Banner

चितवन, जेठ १६–

इनरह्वील क्लब भरतपुरले सोमबार रोटरी दियालो डे केयर सेन्टरका बालबालिकाहरुलाई स्टेशनरी तथा खानेकुरा वितरण गरेको छ ।

उक्त सेन्टरमा ३० जना बालबालिकाहरु रहेका छन् । दिउँसो विभिन्न काममा खट्नेहरुले आफ्ना बालबच्चा सो केन्द्रमा राख्ने गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि इनरह्वील क्लब भरतपुरका पुर्व अध्यक्ष डम्बरकुमारी पोखरेल हुनुहुन्थ्यो ।

कार्यक्रममा रोटरी क्लब भरतपुरका अध्यक्ष राजेन्द्रकुमार पिया, रोटरियनहरु जीवन श्रेष्ठ, भोला जोशी लगायत सहभागि हुनुभएको थियो । इनरह्वील क्लब अन्तराष्ट्रिय स्तरको महिला संस्था हो ।

क्लबले महिला, बालबालिका र वातावरण लगायत अन्य सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको क्लबका अध्यक्ष विमला अर्याल अधिकारीले बताउनु भयो । चाँडैनै क्लबले छात्रवृत्ती वितरण गर्दै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>