Breaking News

लाइसेन्सका लागि हालसम्म परेको पाँच लाख ७२ हजार आवेदन रद्द, आजदेखि नयाँ प्रणाली

Banner

काठमाडौं, जेठ १६

यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको छ । हालसम्म परेका पाँच लाख ७२ हजारभन्दा बढी आवेदनहरू रद्द गरिएको विभागले जनाएको छ ।

पुराना आवेदन बन्द गर्दै नयाँ प्रणालीमार्फत आवेदन दिने व्यवस्था मिलाएको छ । नयाँ तथा वर्ग थप गर्न हालसम्म परेका सबै अनलाइन आवेदन रद्द गरी नयाँ प्रणालीको गर्न लागिएको विभागले जनाएको छ ।

सोमबार बेलुका ६ बजेदेखि सवारी चालक अनुमति पत्रको नयाँ अनलाइन आवेदन प्रणाली सुरु हुन लागेको विभागले जनाएको छ । नयाँ सवारी चालक अनुमति पत्र प्राप्त गर्न मा बउउथिम।िमयतm।नयख।लउ लगईन गरी नयाँ आवेदन फारम भर्न सकिने विभागले जनाएको छ । वर्ग थप गराउन चाहनेका लागि अर्को हप्ताको सोमबारबाट मात्रै खुला गरिनेछ ।

कोरोना महामारीका कारण लामो समय परीक्षा रोकिँदा पछिल्लो समय अत्यधिक चाप देखिएको छ । विभिन्न कार्यालयमार्फत यसअघि फारम भरेकाहरूको पालो आउन तीन वर्षसम्म पनि कुर्नुपर्ने अवस्था थियो ।

चाप अत्यधिक बढेपछि विभागले गत चैतदेखि आवेदन प्रणाली नै बन्द गरेको थियो । त्यो अवधिमा पाँच लाख ७२ हजार आवेदन परेको थियो । विभागले नयाँ प्रणालीअनुसार ४ जेठबाटै लागू गर्ने घोषणा गरेको थियो । तर, प्राविधिक समस्या आएका कारण उक्त मितिमा लागू गर्न सकिएको थिएन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>