Breaking News

विमान दुर्घटनाः त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गर्न शव काठमाडौँ ल्याइदै

Banner

काठमाडौँ, जेठ १६-

मुस्ताङमा तारा एयरको ९ एन–‘एईटी’ सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा विमान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । उक्त जहाज दुर्घटनामा परेका व्यक्तिको शव आज पोष्टमार्टमको लागि काठमाडौं ल्याइने भएको हो ।

त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाको अनुसार दुर्घटना भएको ठाउँमा १४ जनाको शव भेटिएको छ । शव काठमाडौं ल्याएर त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिने उनले बताए ।

त्यस्तै दुईवटा शव जहाजले थिचेको अवस्थामा भेटिएको र शव निकाल्दा जहाज पहाडबाट खस्न सक्ने हुनाले सुरक्षाकर्मीहरुले सुरक्षित रुपमा निकाल्ने प्रयास गरिरहेका छन् ।

जहाज हिजो बिहान १० बजेर ७ मिनेटमा म्याग्दीको शिख नजिकको आकाशबाट विमान सम्पर्कविहीन भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>