Breaking News

चितवनको रत्ननगर नगरपालिकाको कार्यपालिका सदस्यमा सबै गठबन्धनका उम्मेदवार विजयी

Banner

चितवन, जेठ १५-

पूर्वीचितवनको रत्ननगर नगरपालिकाको कार्यपालिकामा सबै सदस्य गठबन्धनबाट निर्वाचित भएका छन् ।

आज भएको नगर कार्यपालिकाको निर्वाचनमा आठ जना सदस्य नै गठबन्धनका निर्वाचित भएका हुन् । कार्यपालिकाको सदस्यको लागि मेयर तथा उपमेयरसहित वडा अध्यक्ष र वडा सदस्यले मतदान गरेका थिए ।

कार्यपालिका सदस्यमा निर्वाचिन हुनुहुनेमा नेपाली कांग्रेसबाट बबिता चौधरी, यशोदा अधिकारी पौडेल, सुक माया वि.क., देवेन्द्र बहादुर भुजेल र राम बहादुर रिमाल छन् ।

यस्तै नेकपा (माओवादी केन्द्र)बाट चन्द्र कला पनेरू र सानु भण्डारी बस्नेत निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र परीयार (हमाल) निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>