मकवानपुर
सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा लगाउनुपर्ने
०
काठमाडौं, जेठ १५-
सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगले उत्पादन गरेका मात्रै कपडा लगाउनुपर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट मार्फत सरकारी कर्मचारीले हेटौंडा कपडा उद्योगबाट उत्पादित कपडा मात्रै लगाउनुपर्ने बताएका हुन् ।
अहिले बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योग सञ्चालन गर्ने र त्यहाँबाट उत्पादित कपडा सरकारी कर्मचारीले अनिवार्य रूपमा लगाउनुपर्ने उनको भनाइ छ । सरकारले जनकपुर चुरोड कारखाना लगायत अन्य उद्योग पनि पुनः सञ्चालन गर्ने घोषणा गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>