Breaking News
नीति तथा कार्यक्रम बहुमतले पारित, भोलि बजेट प्रस्तुत हुने
०

काठमाडौं,जेठ १४-
सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । शनिबारको संसद् बैठकबाट सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही जेठ १० गते संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । त्यसमाथि संसद्मा तीन दिन छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णयार्थ पेस गरेका थिए ।
सरकारको नीति तथा कार्यक्रम पारित भएसँगै बजेट ल्याउने बाटो खुलेको छ । अर्थमन्त्री जनार्दन शर्माले भोलि अपराह्न ४ बजे बस्ने संसद्को संयुक्त बैठकमा सरकारको आउँदो वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























