Breaking News

ओलीलाई प्रधानमन्त्री देउवाको जवाफः जनमतको कदर गर्नुको विकल्प छैन

Banner

काठमाडौँ, जेठ १४–

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसदमा गरेको प्रश्नको जवाफ दिएका छन् ।

छिटफुट घटनालाई लिएर स्थानीय तह निर्वाचनको समग्र प्रक्रिया र परिणाममा संशय व्यक्त गर्नु उपयुक्त नहुने भन्दै जनमतको कदर गर्नु विकल्प नभएको जवाफ दिएका हुन् । ओलीले निर्वाचन निष्पक्ष हुन नसकेको भन्दै सरकारको आलोचना गरेका थिए ।

सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा शनिबार प्रधानमन्त्री देउवाले देशमा एकैपटक चुनाव गर्नु चुनौतीपूर्ण भएको बताए ।

प्रधानमन्त्री देउवाले भने, ‘छिटफुट घटनालाई दिएर निर्वाचनको समग्र प्रक्रिया र परिणमममा संशय व्यक्त गर्नु उपयुक्त हुन्न । सार्वभौम जनता नै निर्णयक शक्ति भएकाले जनमतको कदर गर्नु विकल्प छैन ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>