मकवानपुर

दुई ट्रक एक आपसमा ठक्कर खाँदा आगलागी भएपछि..

Banner

हेटौंडा,जेठ १४-

पूर्व पश्चिम राजमार्ग अन्तर्गत पथलैया अमलेखगञ्ज सडकखण्डको ३ नम्बर पुलमा ट्रक र मिनि ट्रक एक आपसमा ठक्कर खाएको छ । शनिवार दिउसो हेटौंडाबाट बारा तर्फ जाँदै गरेको ना. ६ ख ३२८६ नम्बरको ट्रक र पथलैयाबाट हेटौंडा तर्फ आउदै गरेको ना. ६ ख ४२४२ नम्बरको मिनि ट्रक ३ नम्बर पुलमा एकआपसमा ठक्कर खाँदा ट्रकमा आगलागी भएको छ। आगलागीबाट ट्रकमा क्षति भएको छ ।

मकवानपुर र बारा प्रहरीको सहयोगमा हेटौंडाबाट गएको वारुण यन्त्रले आगलागी नियन्त्रणमा गरेको हो । दुर्घटनाबाट पूर्व पश्चिम राजमार्ग केहि समय अवरुद्ध भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>