चितवन विशेष

सामाजिक अभियान्ता सरोज भण्डारीले गरे ३ विद्यार्थीको अभिभाकत्व ग्रहण

Banner

चितवन, जेठ १४–

सामाजिक अभियान्ता सरोज भण्डारीले पूर्वी चितवनको रत्ननगर नगरपालिकाका तीन जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेका छन् ।

रत्ननगर नगरपालिका–११ जिरौना घर भएका जेनिशा दराई, रिदम दराई र सलिना परियारको अभिभावकत्व भण्डारीले ग्रहण गरेका हुन् । सामाजिक क्षेत्रमा काम गर्दै आएका भण्डारीले विभिन्न विपन्न व्यक्तिहरु घर निर्माण समेत गरिदिएका छन् । उनीहरुलाई एक वर्ष विद्यालयमा लाग्ने सबै खर्च भण्डारीले व्यहोर्ने जानकारी दिए । उनीहरु रत्ननगर–१२ सालघारी स्थित पञ्चदिप आधारभुत प्रथामिक विद्यालयमा क्रमश २, ४ र ५ अध्ययन गरिरहेका छन् ।

“विद्यालयमा आवश्यक शैक्षिक सामग्री, पोशाक, दिवा खाजालगायत सबैखाले सहयोग गरेका छौँ”, क्लिन चितवन ग्रीन चितवन वेटर चितवनका अभियान्ता समेत रहेका भण्डारीले भने । उनी आफै घरमा पुगेर ती बालबालिकालाई आवश्यक सहयोग समेत प्रदान गरेको जानकारी दिए । विगतमा पनि उनले धेरै विद्यार्थीहरुलाई सहयोग गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>