Breaking News

नारायणगढ–मुग्लिन सडक खण्डः दुई ट्रक ठोक्कियो, सडक एकतर्फी संचालनमा

Banner

चितवन, जेठ १४–

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका–५, तीन नम्बर पुलस्थित दुई ट्रक एक एकआपरमा ठक्कर खाँदा एक जना घाइते भएका छन् ।

आज (शनिबार) विहान ५ः५५ बजेको समयमा मुग्लिनबाट नारायणगढ तर्फ आउँदै गरेको ना६ख ७८०४ नम्बरको डिब्बा ट्रक र बिपरित दिशाबाट आई रहेको लु२ख ५६५४ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएको थियो । दुर्घटनामा ना ६ ख ७८०४ नम्बरको डिब्बा ट्रकको चालक झापाको बुद्धशान्ती–३ बस्ने बर्ष ४० का मनोज धिमाल घाइते भएका छन् ।

खुट्टामा चोट लागेका उनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । लु२ख ५६५४ नम्बरको ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले दुवै सवारी सडकमै रहेकाले एकतर्फी मात्रै बाटो संचालनमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>