Breaking News

सिसडोल पुगे मेयर बालेन,भनेः फोहोरको समस्या समाधान नभई उत्सव मनाउँदिन

Banner

काठमाडौं,जेठ १३-

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन साह नुवाकोटको ओखरपौवा पुगेका छन् । उपत्यकाको फोहोर व्यवस्थापन सम्बन्धी जानकारी लिन ओखरपौवामा रहेको डम्पिङ क्षेत्रमा बालेन पुगेका हुन् । उनले सिस्डोल र बञ्चरेडाँडाको अवलोकन समेत गरेका छन् ।

उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सो क्षेत्रमा समय समयमा अवरोध हुँदै आएको छ । स्थानीयले आफ्ना मागहरू पूरा नहुँदासम्म फोहोर व्यवस्थापन हुन नदिने भन्दै बेला बेला अवरोध गर्दै आएका छन् । सरकारले समेत स्थानीयसँग गरेका सहमति कार्यान्वयनमा लापरबाही गर्दै आएको छ ।

उनले फोहोरको समस्या दीर्घकालीन समाधान नभई कुनै जितको उत्सव नमनाउने, खादा, माला नलाउने तथा अन्तर्वार्ता समेत नदिने बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>