Breaking News

चितवनका विद्यालयमा हप्ताको दुई दिन विदा लागू गर्न निर्देशन

Banner

चितवन,जेठ १३-

शिक्षा विकास तथा समन्वय इकाइ चितवनले शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा सबै विद्यालयमा लागू गर्न निर्देशन दिएको छ । इकाइले स्थानीय तहका शिक्षा प्रमुख, नेपाल शिक्षक महासंघ चितवन एवं प्याब्सन चितवनको संयुक्त बैठकबाट हप्ताको दुई दिन विदा कार्यन्वयन गर्ने÷गराउने निर्णय भएको भन्दै विद्यालयमा पत्राचार गरेको छ ।

बिहीबार स्थानीय तहका शिक्षा शाखा प्रमुख, नेपाल शिक्षक महासंघ चितवन एवं प्याब्सन चितवनको संयुक्त बैठकले विद्यालय खुल्ने हप्ताको पाँच दिन साविक बमोजिम नै बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विद्यालयमा पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै आइतबार सार्वजनिक विदा दिएका कारण अपुग हुने पाठ्यघण्टा पूरा गर्न हिउँदे , वर्षे वा अन्य विदा कटौती गर्ने निर्णय पनि बैठकले गरेको छ ।

हेर्नुहोस् सूचना

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>