Breaking News

गठबन्धन निर्वाचन जित्न मात्रै होइन, संविधान संशोधन गर्नेगरि अघि बढ्दैछौंः उपसभापति खड्का

०
Banner

चितवन, जेठ १३–

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जनताको भावनाको कदर गर्दै अघि बढ्न निर्देशन दिएका छन् ।

चितवनको भरतपुरमा आयोजित कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको सम्मान तथा बधाई कार्यक्रममा बोल्दै उपसभापति खड्काले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको व्यवहारबाट नै जनताको पार्टीप्रति हेर्ने दृष्टिकोण रहने भएकाले उदाहरणीय कार्यहरु गर्न निर्देशन दिए । उनले आफूमा भएको कमजारी सच्याउँदै, सच्चिदै जनताको मन जितेर पार्टीलाई शसक्त बनाउने अभियानमा लाग्नुपर्नेमा जोड दिए । उपसभापति खड्काले अहिलेको गठबन्धन चुनाव जित्नका लागि मात्र नभई संविधान संशोधन गर्नेसम्मको एजेन्डा लिएर अघि बढेको बताए । उनले अझै पनि संविधान आदिवासी जनजाति, मधेश, थारु, महिला, दलितको संबोधन हुन नसकेको भन्दै गठबन्धनले संविधान संशोधन गरेर जनतालाई अधिकार सम्पन्न बनाउने बताए ।

उपसभापति खड्काले स्थानीय निर्वाचनमा चितवन कांग्रेसले देखाएको त्याग र पीडालाई कांग्रेसले गम्भिर रुपमा मूल्यांकन गर्ने भन्दै कांग्रेसको योगदान ऐतिहासिक रहेको बताए । उनले राष्ट्रिय महत्वको अभियानका लागि चितवन कांग्रेसको भूमिका महत्वपूर्ण रहेको भन्दै त्यसप्रति गर्व गर्न आग्रह समेत गरे ।

कार्यक्रममा कांग्रेसबाट चितवनका ७ वटै पालिकामा निर्वाचित २०३ जना जनप्रतिनिधिहरुलाई जनताको गुनासो टिपोट गर्नका लागि डायरी र कलम दिएर सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>