Breaking News

जनप्रतिनिधिहरु जनताको सेवक बन्नुपर्छः राप्रपा उपाध्यक्ष पाण्डे

Banner

चितवन, जेठ १३–

राप्रपाका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले जनप्रतिनिधिहरुलाई जनताको मन जित्ने काम गर्न आग्रह गर्नुभएको छ । राप्रपा चितवनले राप्रपाबाट चितवनमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई सम्मान गर्न आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सच्चा दिलले जनताको सेवक बन्न सुझाउनुभएको छ ।

“विश्राम गर्ने बेला सकिएको छ, अब जनताको सेवक बनेर काम गर्नुस्, छिमेकी वडामा समेत सेवा गर्न नछोड्नुस्”, उहाँले भन्नुभयो, “जनतालाई सरकारी सुविधा लिन कहि कतै अप्ठ्यारो भए सहजीकरण गरिदिनुस्, मन जित्ने काम गर्नुस् ।” उहाँले राष्ट्रवादी शक्तिहरुलाई हराउन कैयन शक्तिहरुले घेराबन्दी गरेपनि जनताले राप्रपाको पक्षमा मतदान गरेर सहि मूल्यांकन गरेको बताउनुभयो ।

उहाँले एक्ला उम्मेदवारहरुले समेत महानगर, कैयन पालिकाहरुमा जितेकाले जनताको विश्वास जित्न जनताका दुःख, सुखको साथी बनेर काम गर्न आग्रह गर्नुभयो । चितवनमा प्राविधिक त्रुटीले जित्ने अनुमान गरिएका केही वडामा समेत हार व्यहोर्नुपरेपनि पराजित उम्मेदवारहरुलाई निराश नबन्न आग्रह गर्नुभएको छ । प्रदेश र संघीय चुनावको तयारीमा जुट्न समेत आग्रह गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>