Breaking News

कस्तो छ मेयर रेनु दाहालको स्वास्थ्य अवस्था ?

Banner

चितवन, जेठ १३–

भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेनु दाहाल दुर्घटनामा परेर सामान्य घाइते भएकी छन् । दाहाल चढेको कार ललितपुरको जावालोखल नजिकै दुर्र्घटनामा परेको थियो ।

मेयर दाहालको अवस्था सामान्य रहेको उनकी बहिनी गंगा दाहालले जानकारी दिइन् । उनका अनुसार मेयर दाहालको स्वास्थ्य अवस्था सामान्य रहेको छ । टाउकोमा सामान्य चोट बाहेक भित्री चोट नरहेको चिकित्सकलाई उदृत गर्दै गंगाले भनिन् । उनले सामाजिक संजाल फेसबुकमा लेखेकी छन्–‘आज दिउँसो दिदि रेनु दाहाल काम विशेषले बाहिर जाने क्रममा वहां चढेको गाडी ललितपुरको जावलाखेल नजिकै ठोक्किन गई दिदिको टाउकोमा सामान्य चोट लागेको र डक्टरको अनुसार सिटि स्क्यान गरेर हेर्दा घाऊ बाहिरी छालामा मात्रै भएको र अवश्था अहिले सामान्य भएकोले डाक्टरको सल्लाहमा डिस्चार्जको तयारीमा छौं। धन्यवाद !!’

दाहाल सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बरको गाडी टायर पञ्चर भएर बिजुलीको पोलमा ठोक्किएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>