चितवन विशेष
मूल्यवृद्धिको विरोधमा चितवनमा नेविसंघको प्रदर्शन

चितवन, जेठ १२–
पेट्रोलियम पदार्थ र ग्यासको मूल्यवृद्धिको विरोधमा नेपाल विद्यार्थी संघले चितवनको भरतपुरमा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ ।
चौविसकोठीमा आज अपरान्ह विद्यार्थीहरुले प्ले कार्ड बोकेर मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका हुन् । उनीहरुले प्ले कार्डमा मूल्यवृद्धि फिर्ता गर, भ्रष्ट कर्मचारी मुर्दाबाद, सबै मूल्यवृद्धिको जड पेट्रोलियम पदार्थको कर फिर्ता गर, लगायतका नारा लेखेर प्रदर्शन गरेका थिए ।

प्रदर्शन पश्चात आयोजित कोणसभामा नेविसंघ सप्तगण्डकी बहुमुखी क्याम्पस इकाई सभापति साजन गुरुङ, नेविसंघ विद्यार्थी नेता वसन्त गैरे, नेविसंघ श्रीमेडिकल कलेजका निवर्तमान अध्यक्ष ओमकार सापकोटा, नेविसंघ वीरेन्द्र बहुमुखी क्याम्पसका इकाई सभापति कुमार जोशीलगायतले मन्तव्य व्यक्त गर्दै मूल्यवृद्धिको विरोध गरेको बताएका थिए ।
उनीहरुले आफ्नै पार्टी सरकारमा भए पनि गलत कार्यको विरोध गर्न नछाड्ने भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका थिए ।





























