चितवन विशेष

भरतपुरको धावनमा एक्वा जुम्बा हुने

Banner

चितवन, जेठ १२–

भरतपुरमा एक्वा जुम्बा कार्यक्रम हुने भएको छ । नृत्य निर्देशक संघ नेपाल चितवन शाखाले यही जेठ १४ गते शनिबार भरतपुरको धावन रिक्रियसन तथा रेष्टुरेण्टमा एक्वा जुम्बा कार्यक्रम गर्ने भएको हो ।

संगीत प्रयोग गरेर स्वीमिङ पुलमा गरिने व्यायामलाई नै एक्वा जुम्बा भनिन्छ । शरीरको तौल घटाउन, शरीरलाई लचिलो बनाउन तथा मानसिक तनाव हटाउन सघाउने नृत्य निर्देशकहरु बताउँछन् । चितवन अध्यक्ष रेनु तामाङले एक्वा जुम्बा कार्यक्रमले शरिरको व्यायाम गर्न र मनोरञ्जन लिन सघाउने बताउनुभयो । जुम्बा गर्नाले शरीरका मांशपेशी मजबुत हुने बताउनुभयो । “एक्वा जुम्बाबारे जानकारी दिन कार्यक्रम गर्न लागेका हौँ”, उहाँले भन्नुभयो, “हप्तामा कम्तिमा ५ दिन एक्वा जुम्बा गरे शरिरलाई फाइदा पनि हुन्छ ।”

१४ गते दिउँसो १ बजेदेखि ४ बजेसम्म धावनको स्वीमिङ पुलमा हुने कार्यक्रमको सबै तयारी पुरा भएको बताउनुभयो । “व्यस्त जीवनशैलीले गर्दा शारिरीक व्यायाममा धेरैको ध्यान पुग्न सकेको छैन”, उहाँले भन्नुभयो, “एक्वा जुम्बाबारे बुझाउन सक्यौँ भने धेरैलाई शरिरलाई सन्तुलित बनाउन सहज हुनेछ ।” चितवनका सचिव बसन्त लामाले सो कार्यक्रममा १ सय ५० जना सहभागि हुने अपेक्षा गरिएको बताउनुभयो ।

टिकट शुल्क खाजा तथा कोल्ड ड्रिंक्स सहित ९ सय ९९ सय रुपैयाँ तोकिएको बताउनुभयो । “गर्मीमा एक्वा जुम्बा निकै उपयोगी हुन्छ”, उहाँले भन्नुभयो, “रमाइलो पनि हुने, व्यायाम पनि हुन्छ, महत्वबारे बुझाउन कार्यक्रम गर्न लागेका हौँ ।” सहभागिलाई जुम्बा इन्स्ट्रक्टरहरुले डान्सका स्टेपहरु सिकाउनेछन् ।

नेपाली, भारतीय र अंग्रेजी संगीतमा शरिरको व्यायाम गर्ने गरी एक्वा जुम्बा कार्यक्रम हुन लागेको हो । दैनिक एक घण्टा जुम्बा डान्स गर्नाले ६ सयदेखि एक हजारको हाराहारीमा क्यालोरी घट्ने भएकाले मोटोपना घटाउन सघाउने बताउनुभयो । जुम्बाले नृत्यको सीप पनि विकास गराउने गर्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>