चितवन विशेष

भरतपुर-१३ का जनप्रतिनिधिले पदभार ग्रहण गर्दै गरे यस्तो निर्णय

Banner

चितवन, जेठ १३–

भरतपुर महानगरपालिका वडा न. १३ का नवनिर्वाचित जनप्रतिनिधिहरुले बुधबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गरेलगत्तै वडा अध्यक्ष प्रकाश दवाडीको अध्यक्षतामा पहिलो बैठक बसेको छ । बैठकले विभिन्न ६ वटा महत्वपूर्ण निर्णय गरेको छ ।

अध्यक्ष दवाडीले आफ्नो वडामा होमस्टे (घरबास) ६० प्रतिशत नेपाल सरकार र ४० प्रतिशत जनसहभागितामा संचालन गर्ने निर्णय गरेका छन् । यस्तै स्वास्थ्य सेवालाई प्राथमिकतामा राख्दै वडा भित्र सुत्केरी हुँदा अस्पताल लैजान लाग्ने एम्बुलेन्स बापतको खर्च बच्चाको जन्मदर्ता गरि सकेपछि भुक्तानी दिने निर्णय गरेको छ । वडाले गरिब, अति विपन्नका लागि १०० जनालाई अनुदान मार्फत स्वास्थ्य बिमा गर्ने निर्णय गरेको छ ।

त्यस्तै कृषि क्षेत्रमा कार्यरत १०० किसानलाई वार्षिक रुपमा अनुदान उपलब्ध गराउने, वडा भित्र रहेका विद्यालयहरुमा अध्ययनरत ३० जना छात्रालाई साइकल वितरण गर्ने, वडा भित्र रहेका गरिब, विपन्न, तथा युवा रोजगारका लागि अनुदान कार्यक्रम संचालन गर्ने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>