चितवन विशेष

भरतपुर–१० का वडा अध्यक्ष खनालले गरे पदभार ग्रहण

Banner

चितवन, जेठ ११–

भरतपुर महानगरपालिकाका–१० का वडा अध्यक्ष परमेश्वर खनालले आज (बुधबार) पदभार ग्रहण गरेका छन् ।

एक औपचारिक कार्यक्रमकाबीच खनालले पदभार ग्रहण गरेका हुन् । सो क्रममा उनले आफ्नो पाँच वर्षे कार्यकालमा सबैलाई समान सेवा प्रदान गरि साझा वडा कार्यालय निर्माणमा प्रतिवद्ध भएर लाग्ने बताए । उनले राजनीतिक पूर्वाग्रहका आधारमा कसैलाई काखा कसैलाई पाखा नगरिने स्पष्ट पारे ।

भरतपुर महानगरको नमुना वडा निर्माणको अभियानमा सबैको साथ सहयोगको अपेक्षा गर्दै सबैसंग हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । वडा अध्यक्ष खनालले आफूलाई निर्वाचित गराउन महत्वपूर्ण भूमिका खेल्ने सम्पूर्ण वडाबासीलाई धन्यवाद ज्ञापन गरेका छन् । खनाल भरतपुरका २९ वडा मध्यका सबैभन्दा कान्छा वडा अध्यक्ष हुन् ।

यस्तै वडा सदस्यहरुमा निर्वाचित रेशमराज थापा (ऋषि), सूर्यबदना हमाल, पार्वती नेपाली र निरबहादुर लामाले समेत पदभार ग्रहण गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>