Breaking News

कतिले बढ्यो राष्ट्रिय महिला पुरुष क्रिकेट टोलीको पारिश्रमिक ?

Banner

काठमाडौँ, जेठ ११-

मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान)को बैठकले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीको पारिश्रमिक बृद्धि गरेको छ ।

बैठकको निर्णयअनुसार पुरुष राष्ट्रिय टोलीमा रहेका तीनै ग्रेडका खेलाडीको पारिश्रमिक मासिक १० हजारका दरले बढेको हो । त्यस्तै ए र बी ग्रेडका महिला क्रिकेट टोलीको पनि पारिश्रमिक मासिक ६ हजार र सी ग्रेडका खेलाडीको ५ हजारका दरले पारिश्रमिक बढेको हो ।

समयअनुसार पारिश्रमिक बढाउँदै लगेको क्यानको पछिल्लो निर्णयपछि नेपाली टोलीका ए ग्रेडका खेलाडीको पारिश्रमिक ६० हजार पुगेको छ । बी र सी ग्रेडका खेलाडीले क्रमसस् ५० र ४० हजार रुपैयाँ बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>