Breaking News

विगतका अधुरा काम पूरा गर्नेछु: दाहाल

Banner

चितवन, जेठ १०-
भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि विजयी भएकी रेनु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताएकी छन् ।

आज भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बताइन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, फोहोर तथा ढल व्यवस्थापनमा जोड दिने उनले बताइन् । आफूले विगतमा गरेको कामको अनुमोदन भरतपुर महानगरवासीले गरिदिएको भन्दै उनले भनिन्, ‘योगदानमा कमी आउन दिने छैन, निराश हुन दिने छैन ।’

गठबन्धन भित्रै चुनौती भएतापनि भरतपुरमा गठबन्धनमा रहेका दलहरु इमान्दार भएको बताउँदै उनले भनिन्, ‘रेणु दाहाल हराउनकै लागि विपक्षीहरुले ठूला योजना बुने तापनि भरतपुरमा असफल भएको छ । हामी अब मतदाताले दिएको जिम्मेवारी पूरा गर्न लाग्ने छौं ।’ उनले पाँच दलीय गठबन्धन लामो समयसम्म टिक्ने पनि बताइन् ।

यस्तै भरतपुरमा नेपाली कांग्रेसबाट उपमेयरमा विजयी चित्रसेन अधिकारीले निर्वाचन जित्न चुनौतीको विषय स्वभाविक भएको बताए । उनले भरतपुर महानगरको चौतर्फी विकासको लागि नगर उपप्रमुखको रुपमा सहयोगी भूमिका निर्वाह गर्ने बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>