Breaking News

गौतमबुद्ध विमानस्थलमा जजिराको जहाज, चरा ठोक्किएको आशंका

Banner

काठमाडौं, जेठ ९-

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जजिरा एयरवेजको जहाज सोही विमानस्थलमा रोकिएको छ । राति पौने २ बजे कुवेतबाट आएर अवतरण गरेको जजिरा जहाजमा चरा ठोक्किएको आशंका गरिएकोल जहाज विमानस्थलमा रोकिएको हो ।

विमानस्थलका अधिकारीका अनुसार जहाजको बाहिरी भागमा रगतको छिट्टाहरु देखिएका कारण चरा इन्जिन भित्र घुसेको भन्ने आशंका छ । त्यस्तै काठमाडौंबाट इन्जिनियरहरु पुगेर जहाज चेकजाँच गरेपछि मात्र जहाज सुचारु गर्ने उनको भनाई छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>