चितवन विशेष

भरतपुरमा अब १७ हजार ३८५ मत गन्न बाँकी,मेयरमा दाहाल र उपमेयरमा अधिकारीको अग्रता कायमै

Banner

चितवन,जेठ ९-

भरतपुर महानगरपालिकाको मत गणना अब अन्तिम चरणमा पुगेको छ । प्रतिस्पर्धी उम्मेदवारहरुभन्दा सत्ता गठबन्धनबाट मेयर उपमेयरका उम्मेदवारहरु निकै फराकिलो मतान्तरमा रहेका कारण उनीहरुको जित निश्चित जस्तै भएको छ । भरतपुरमा अब १७ हजार ३८५ मत मात्रै गन्न बाँकी छ । उपमेयरमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका चित्रसेन अधिकारी प्रतिस्पर्धीभन्दा १८ हजार ४२२ मतले अगाडि छन् ।

मेयर पदमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रहेकी रेनु दाहालको ४४ हजार ३०५ र एमालेका उम्मेदवार विजय सुवेदीको ३४ हजार १७९ मत आएको छ । दाहाल र सुवेदीबीच १० हजार १२६ को मतान्तर छ । धेरै मतदाता र एमालेको प्रभावसमेत रहेका वडाहरुमा राम्रो मत ल्याउन नसकेका विजय सुवदी अब बाँकी १७ हजार मत गन्दा अगाडि आउन सक्ने सम्भावना नभएको हुँदा रेनु दाहालको जित निश्चित जस्तै देखिएको हो । मेयर पदमा स्वतन्त्र उम्मेद्वार जगन्नथ पौडेलले १३ हजार ५१५ मत ल्याएका छन् ।

गन्न बाँकी मतभन्दा धेरै मत आइसकेका कारण गणना नसकिए पनि उपमेयरमा चित्रसेन अधिकारीको जित पक्का भएको छ । अधिकारीले ४५ हजार ४६८ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उम्मेदवार हिमला गुरुङले २७ हजार ४६ मत ल्याएकी छन् । भरतपुरमा मेयरमा एमाले र उपमेयरमा राप्रपाबीच चुनावी तालमेल भएको छ ।

कुल २९ वटा वडा रहेको भरतपुर महानगरपालिकामा एक लाख ८५ हजार मतदाता रहे पनि एक लाख २७ हजार ८३९ जनाले मतदान गरेको चितवन जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । हाल भरतपुरमा २४ नम्बर वडासम्मको मत गणना पुरा भएको छ । २५ र २६ नम्बर वडाहरुको मत गणना जारी छ । हालसम्म एक लाख १० हजार ४५४ मत गनेर सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>