चितवन विशेष
रेणु जिततर्फ अग्रसर, मतान्तर १० हजार नाघ्यो
०

चितवन,जेठ ९-
भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनकी उम्मेदवार रेणु दाहाल फराकिलो जिततर्फ अग्रसर भएकी छिन् । महानगरको २५ र २६ नम्बर वडाको मतगणना जारी रहँदा दाहालले १० हजार बढीको अग्रता हासिल गरेकी छिन् । उनले ४४ हजार ३ सय ५ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले ३४ हजार १ सय ७९ मत ल्याएका छन् । सुवेदीभन्दा दाहालको मत १० हजार १ सय २६ ले बढी हो ।
हालसम्म १ लाख १० हजार ४ सय ५४ मत गणना भइसकेको छ । भरतपुरमा १ लाख २७ हजार ८ सय ३९ मत खसेको छ । अब १७ हजार मत गन्न बाँकी छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























