Breaking News

भरतपुर महानगरमा दाहालको झण्डै छ हजार मतको अग्रता, कांग्रेसको गढ मानिएका वडाहरुको गणना हुँदै

Banner

चितवन, जेठ ७-

भरतपुर महानगरमा जारी मतगणनामा गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मेयरको उम्मेदवार रेनु दाहालले पाँच हजार बढीको अग्रता लिइएकी छन् ।

वडा नम्बर ८ गणना भएदेखि निरन्तर तीन हजार बढीको अग्रता लिँदै आएकी उनले माओवादीको गढ मानिएको वडा नम्बर १३ को गणना भएसँगै पाँच हजार बढीको अग्रता लिइएकी हुन् । अहिले कांग्रेसको गढ मानिएको वडा नम्बर १५ र १६ को गणना चलिरहेको छ ।

भरतपुरमा अहिलेसम्म भएको ७६ हजार ९५ मत गणनामा रेनु दाहालले २९ हजार ४७८ मत प्राप्त गरेकी छन् भने एमालेका विजय सुवेदीले २३ हजार ७४५ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतको अन्तर पाँच हजार ७३३ रहेको छ । त्यसैगरी भुइँकटर चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ३३४ मत ल्याएका छन् । पश्चिम चितवनको कांग्रेसको आधार क्षेत्र मानिएका वडाहरुको गणना बाँकी नै रहेकोले अब सुवेदीले अग्रता लिने झिनो सम्भावना देखिन्छ । जारी गणनामा वडा नम्बर १५ र १६ मा कांग्रेसले अग्रता लिइरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>