Breaking News
डोटीमा बस दुर्घटनाः १८ महिने बालक बेपत्ता, १३ जना घाइते
०

डोटी, जेठ ७-
डोटीको शिखर नगरपालिका–१ गेरुपानीमा आज बिहान ५ बजे अछामका लागि छुटेको बस दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायव उपरीक्षक भोलाकुमार भट्टका अनुसार ना ५ ख ९६६३ नम्बरको बसमा सवार एकजना बालक बेपत्ता भएको छ भने १३ जना घाइते भएका छन् ।
बस सेती नदीको किनारमा पुगेका कारण अछाम चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा सुजन शाही बेपत्ता भएको हो ।
दुर्घटनामा परी बस सहचालकसहित ३ जना गम्भिर घाइते भएका छन् । सामान्य घाइते भएका ८ जना को शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भट्टले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























