Breaking News

हेटौंडा उपमहानगरपालिका: चार हजार मत गन्न बाँकी रहँदै पौडेलले हार स्वीकारेर लामालाई दिए बधाई

Banner

हेटौंडा, जेठ ६-

हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा एमाले उम्मेदवार अनन्त पौडेलले हार स्वीकार गरेर नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीना लामालाई विजयको शुभकामना दिएका छन् ।

मतगणना भइरहेको स्थान सिद्धार्थ माविमा पुगेर चार हजार मत गन्न बाँकी रहँदै एमालेका मेयर उम्मेदवार पौडेल र उपमेयरका उम्मेदवार सुमित्रा काफ्लेले लामालाई खादा लगाइ शुभकामना दिएका हुन् । हाल सम्म लामाले एमाले उम्मेदवार पौडेलसँग दुई हजार ७७ मतको मतान्तर बनाएकी छिन ।

वैहाख ३० गते भएको स्थानीय निर्वाचनमा हेटौंडा उपमहानगरपालिकामा ७३ हजार ४१४ मत खसेका थियो । अहिले हेटौंडा ९,१०,११,१२ र १३ नम्वर वडाको मतगणना जारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>