चितवन विशेष
भरतपुर-१० का निवर्तमान अध्यक्ष भण्डारी वडा सदस्यमा पराजित, ६० मत मात्रै पाए
०

चितवन,जेठ ६-
भरतपुर महानगरपालिकाका प्रवक्ता तथा वडा नम्वर १० का निवर्तमान वडा अध्यक्ष अरुणपीडित भण्डारी वडा सदस्यमा पराजित भएका छन् । उनले जिल्ला समन्वय समितिको प्रमुखका लागि वडा सदस्यमा उम्मेदवारी दिएका थिए । एमाले विभाजन भएपछि एकिकृत समाजवादीतिर लागेका भण्डारीले भरतपुर–१० को खुला सदस्यमा ६० मत मात्रै प्राप्त गरेका छन् ।
भरतपुर–१० को अध्यक्षमा पाँच दलीय गठबन्धनबाट नेपाली कांग्रेसका परमेश्वर खनाल निर्वाचित भएका छन् । गठबन्धनले मिलाएको भागभण्डा अनुसार भण्डारीले खुला वडा सदस्यमा उमेदवारी दिएका थिए । निर्धारित समयभित्र पनि उमेदवारी फिर्ता नलिई एक्लै चुनावी प्रचारमा हिँडेका भण्डारीले मतदान हुनुभन्दा केहि दिनअघि मात्रै उमेदवारी फिर्ता लिएको बताएका थिए । गठबन्धनका दलले नै भण्डारीलाई वास्ता नगरेपछि भण्डारीले उमेदवारी फिर्ता लिएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























