Breaking News
उपमहानगरमा कांग्रेसले खाता खोल्यो,नेपालगञ्जमा प्रशान्त विष्ट विजयी
०

काठमाडौं,जेठ ६-
नेपालगञ्ज उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका प्रशान्त विष्ट निर्वाचित भएका छन्। उनले २३ हजार ४६० मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति दयाल मिश्रले ११ हजार ६ सय ७५ मत प्राप्त गरे। विष्ट गठबन्धनका साझा उम्मेदवारसमेत हुन्।
यस्तै उपप्रमुखमा जनता समाजवादी पार्टीका मरुद्दिन राई १७ हजार ९५० मतसहित निर्वाचित भए। नेपालगञ्जमा जसपाले ६ वडाध्यक्ष, नेपाली कांग्रेसले ५ वडाध्यक्ष, माओवादी केन्द्रले ४ वडाध्यक्ष, एमालेले ५ वडाध्यक्ष र राप्रपाले ३ वडाध्यक्ष जितेको छ।
यस अघि घोराही नगरपालिकाको मेयरमा एमालेका नरुलाल चौधरी विजयी भएका छन् भने जितपुरसिमरा उपमहानगरमा माओवादीका राजन पौडेल विजयी भएका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























