Breaking News

चितवन खैरहनीको मेयरमा कांग्रेसका खनिया,उपमेयरसहित वहुमत सदस्य एमालेले जित्यो

Banner

चितवन,जेठ ४-

पूर्वीचितवनको खैरहनी नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका शशीकुमार खनिया निर्वाचित भएका छन् । उनले आफ्नो निकतम प्रतिद्धन्दी नेकपा एमालेका लालमणी चौधरीलाई ८ सय ५० मतले पछि पार्दै विजयी भएका हुन् । खनियाले १४ हजार ५ सय ४५ मत प्राप्त गर्दा चौधरीले १३ हजार ६ सय ९५ मत प्राप्त गरेका छन् । त्यस्तै उप प्रमुखमा नेकपा एमालेकी कविता उप्रेती निर्वाचित भएकी छिन् । उनले गठबन्धनकोतर्फबाट माओवादी केन्दकी लक्ष्मी ढकाललाई ४ हजार ४ सय ९४ मत अन्तरले पराजित गरेकी छिन् । उप्रेतीले १४ हजार १ सय ६४ मत ल्याउदा ढकालले ९ हजार ६ सय ७० मत ल्याएकी छिन् ।

खैरहनीको ५ वटा वडामा नेकपा एमालेको प्यानलनै विजयी भएका छन् भने नेपाली कांग्रेसले ४ वटा वडामा प्यानलमै विजयी भएका छन् । खैरहनीको वडा नम्बर ४,५,६,७,९,११ मा एमालेका सबै उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर २,८,१० र १२ मा नेपाली कांग्रेसका सबै उम्मेदवार विजयी भएका छन् । त्यस्तै वडा नम्बर १ र ३ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने वडा नम्बर ५ र १३ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>