चितवन विशेष

भरतपुर महानगरः ११९ मतले रेनु दाहाल अगाडि

Banner

चितवन, जेठ ३-

चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल ११९ मतले अगाडि छिन् । १८ हजार ८८३ मत गणना गर्दा रेनुले ६ हजार ३१९ मत ल्याएर अग्रता लिँदा उननलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ६ हजार २०० मत ल्याएका छन् ।

साथै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार ८१ मत ल्याएर रेणु र सुवेदीलाई पछ्याइरहेका छन् । यसैगरी उपमेयरमा कांग्रेसकी चित्रसेन अधिकारीले सात हजार ६९९, राप्रपाकी हिमला गुरुङले पाँच हजार ८२ मत ल्याएर प्रतिस्पर्धामा छन् ।

भरतपुर–५ मा एक हजार ६१७ गणना गर्दा वडाध्यक्षमा एमालेका पदमपाणी सुवेदीले ६९९ र कांग्रेसका युद्धप्रसाद श्रेष्ठले ७१७ मत ल्याएर प्रतिस्पर्धामा छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>