Breaking News
भरतपुर मेयरमा रेनुको अग्रता कायम नै, सुवेदी ९० मतले पछि
०

चितवन, बैशाख ३-
चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनका उम्मेदवार रेणु दाहालले अग्रता कायम गरेकी छन् ।
पछिल्लो मतगणनाअनुसार माओवादी केन्द्रकी नेतृ रेणु दाहालले ६ हजार १ सय ७० मत पाएकी छन् ।एमाले उम्मेदवार विजय सुवेदी ६ हजार ८० मतका साथ पछ्याइरहेका छन् । सुवेदी ९० मतले पछि छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेल (भुईकटहर) ३ हजार ६ मत पाएका छन् ।
भरतपुरमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धनबाट रेणु तथा एमाले र राप्रपा गठबन्धनबाट विजय मेयरका उम्मेदवार छन् । उपमेयरमामा कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ५ सय २४ मतसहित अगाडि छन् । उनलाई राप्रपाका हिमला गुरुङले ४ हजार ९ सय ९२ मतसहित पछ्याइरहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























